ज्ञानोदय सामुदायिक पुस्तकालयमा समाजकल्याण परिषद र रिड नेपालले अनुगमन गरेको छ

भगवती पोख्रेल, कोहलपुर ।
बांकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र कोहलपुरमा अन्तरक्रिया सम्पन्न भएको छ । आज पुस्तकालय कार्यसमितिसंग ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा पुस्तकालय तथा पुस्तकालयले हाल सम्म गर्दै आएका विभिन्न गतिविधि सम्बन्धि छ्लफल गरिएको थियो ।

पुस्तकालयमा संचालित दियो परियोजना के कसरी सन्चालन गरियो? उक्त कार्यक्रमबाट सेवाग्राही कति लाभान्वित भए ? समुदायमा यसको प्रभाव के कसरी परेको छ ? भन्ने कुराको जानकारी लिईएको थियो ।
ज्ञानोदय सामुदायिक पुस्तकालयको अनुगमनमा तथा मूल्याङकनको लागि आएका समाज कल्याण परिषद काठमाण्डौका प्रमोद भट्टराईले पुस्तकालय र समुदायको सम्बन्ध, यसको प्रभाव हाल सम्म यसले गर्दै आएको सेवा, पाठक र पुस्तकालय विचको सम्बन्ध र भावी योजनाको बारेमा पुस्तकालयका सचिव एकराज शर्माले विस्तृत रूपमा राखेका थिए ।


रिडनेपाल काठमाण्डौका साजन थापाले अबका दिनमा रिड नेपालले गर्नु पर्ने सहयोग र पुस्तकालय कार्यसमितिले राखेको अपेक्षाको बारेमा सचिव शर्माले प्रतिक्रिया दिएका थिए । उनले आगामी दिनमा रिड नेपालले कार्यसमितिका पदाधिकारीसंग वृहत् अन्तरक्रिया, गोष्ठी, सेमिनार गरि आएको निचोडबाट आगामी योजना तयार गर्न सुझाव दिए ।
उक्त कार्यक्रममा त्रिभुवन सामुदायिक पुस्तकालयका दियो फोकल पर्सन पावर्ती मल्ल, पुस्तकालय कार्यसमितिका पदाधिकारी र कर्मचारीसंग व्यापक छलफल गरि रायसुझाव लिएको सचिव शर्माले जानकारी दिए । पुस्तकालयका कर्मचारी शिवध्वज शाहीले सहजीकरण गरेको कार्यक्रममा पुस्तकालयका अन्य पदाधिकारीले पनि आफ्नो धारण राखेका थिए ।


साथै मिति २०८० माघ १३ गते शनिबार ११:०० बजे रिड्नेपालका प्रतिनिधि र पुस्तकालयका सम्बन्धित सरोकारवाला निकायसंग अन्तरक्रिया हुने वताईएको छ ।