कोहलपुरमा बजार अनुगमन कडाई, म्याद गुज्रेका सामान जफतसंगै नष्ट

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा कडाईका साथ बजार अनुगमन गरिरहेको छ । सोमबार कोहलपुर ३ र आज (मंगलबार) कोहलपुर १२ मा गरिएको अनुगमनमा म्याद गुज्रेका सामान जफत गरेको थियो ।

कोहलपुर बजार अनुगमनका संयोजक अग्नी आचार्यले सोमबार कोहलपुरका ६ वटा र आज (मंगलबार) ४ वटा पसलबाट किराना पसलहरुबाट म्याद गु्रजेका समानहरुलाई जफत गरिएको बताए ।

उनका अनुसार गणेश खाद्य तथा किराना स्टोरबाट वेसन, कोलगेट, भूजिया, ल्याक्टो चक्लेट, कोक, बुस्ट, हर्लिक्स, लिचि जुस, चोकोपाई, नुडल्स तथा अन्य खाद्य सामानहरु जफत गरिएको बताए ।

आज (मंगलबार) कोहलपुर १२ मा रहेका कोइराला खाद्य एण्ड किराना पसल, अनुश जनरल स्टोर, साैगात जनरल स्टाेर र डाँगी जनरल स्टोर र सोमबार कोहलपुर ३ मा रहेका निसा किराना पसल, रस्मी जनरल स्टोर, गणपति खाद्य स्टोर एण्ड किराना पसल, बसन्त जनरल स्टोर र कुशल किराना पसल तथा खाद्य स्टोरमा अनुगमन गरेको अनुगमन संयोजक अग्नी आचार्यले बताए ।

म्याद गु्रजेका समानहरुलाई नगरपालिकाले नष्ट गरेको अनुगमन संयोजक अग्नी आचार्यले बताए । नगरपालिकामा दर्ता नगरेका, लेवल नलगाएको र मुल्य सूची नराखेको भेटिएका छौं सो किराना पसल तथा होटलहरुलाई जानकारी दिइएको छ तर पुनः एक हप्तामा अनुगमनमा जाँदा कारवाही गर्ने बजार अनुगमन समितिका संयोजक आचार्यले बताए ।

यस्तै खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयबाट प्ररिक्षा पंडेल, उवासंघ कोहलपुरबाट पवित्रा ढकाल, उपभोक्ता हित संरक्षण मञ्चबाट विष्णु वेल्वासे, कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाही, एभिन्युज टेलिभिजनका समाचारदाता हुमरी भट्टराई, नगर प्रहरी कर्ण बहादुुर चन्द लगायतले अनुगमन गरेका हुन् ।

कोहलपुर नगरपालिकामा केही दिनदेखि किसाना पसल, होटल, डेरी खाद्यान्न पसलहरुमा निरन्तर अनुगमन गरिरहेको छ ।