शिव मन्दिरको सर्वाङिण विकासमा लागि महा–महोत्सव हुँदै

कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको शिव मन्दिरको विकासका लागि महोत्सव आयोजना गरिने भएको छ । ‘शिव मन्दिरको सर्वाङिण विकासमा लागि’ कोहलपुर–१२ मा महा–महोत्सव आयोजना गरिने भएको हो ।

सोमबार एक पत्रकार सम्मेलनकाबीच आयोजक शिव मन्दिर धार्मिक सेवा समितिले आगामी माघ १२ गतेदेखि १९ सम्मसम्म ‘कोहलपुर सुन्दरबस्ती श्रृङगारिक महा– आरती धर्म जागरण महा– महोत्सव २०८०’ सञ्चालन गर्न लागिएको जनाएको छ ।

महोत्सव मूल आयोजक समितिका अध्यक्ष दुर्गे जैशी शिव जैशीका अनुसार मन्दिरको प्रचार प्रसार,धार्मिक पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको हो ।

स्थानीयद्धारा देउसी भैलो खेलेर स्थापना गरिएको मन्दिरको प्रचार प्रसार गर्ने महोत्वसको उद्देश्य रहेको उनको भनाइ छ । यस्तै मन्दिरको विकास, मन्दिर क्षेत्रमा बलियो तार जाली लगाउने र पर्यटक भित्र्याउने महोत्सवको ध्येय रहेको छ ।

समितिका सचिव निरक बहादुर शाहीले शिव मन्दिरलाई धार्मिक स्थलको रुपमा विकास गर्ने, धार्मिक पर्यटन विकास गर्ने, जनतामा जागरण ल्याउने र होम कुण्ठ गर्ने उद्देश्यले महा– आरती धर्म जागरण महा–महोत्सव गर्न लागिएको बताए ।‘

महोत्सवमा कोहलपुर वडा नम्बर १२ र १३का स्थानीयको प्यापक सहभागिता हुने विश्वास गरिएको छ । धार्मिक कार्यका लागि निःशुल्क सहयोग अभियानसमेत हुनेछ । सप्ताहव्यापी रुपमा सञ्चालन हुने महोत्सवमा सहयोग गर्न सकिनेछ,’उनले भने ।

वडा नम्बर १२ का स्थानीयले बुढो भैली खेलेर जम्मा भएको रकमबाट निर्माण गरिएको थियो । पहिलोपटक २०६५ सालमा भैलो खेलेर १५ हजार रुपैयाँ संकलन गरेर मन्दिर निर्माण सुरु गरेको अध्यक्ष जैशीले बताए ।

दोस्रो वर्ष ६५ हजार रुपैयाँ संकलन गरिएको उनले बताए । यस्तै २०७४ सालमा निर्वाचित वडा जनप्रतिनिधिको पहलमा वडा नम्बर १२ बाट पहिलोपटक १ लाख र दोस्रोपटक ३ लाख रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको हो ।

पत्रकार सम्मेलनमा समितिका निर्देशक काली बहादुर खत्री, सह–निर्देशक ऐन बहादुर शाही लगायतको सहभागिता रहेको थियो ।