बैजनाथ गाउँपालिकामा पनि ३ दिन जाडो विदा

कोहलपुर ।

अत्यधिक चिसो बढेपछि बैजनाथ गाउँपालिकाले तीन दिन जाडो विदा दिएको छ ।

भोलि सोमवारदेखि बुधवारसम्म तीन दिनका लागि विद्यालय बन्द गरिएको बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वराज ढकालले जानकारी दिए ।

अत्यधिक चिसोका कारण बाँकेका अन्य सबै पालिकाले विद्यालयमा जाडो विदा दिएका छन् । बाँकेमा करिव दुई सातादेखि घाम लागेको छैन ।