बैजनाथमा उप प्रमुख कप : प्रभात नमूना माविकाे बर्चस्व

कृष्ण कुमार शाही, बैजनाथ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ यहि माघ ३ गतेदेखि सञ्चालन भएको छनौट प्रतियोगितामा प्रभात नमूना माध्यामिक विद्यालयले आफ्नो बर्चस्व कायमै राखेको छ ।

बैजनाथ गाउँपालिकाको लालपुरका खुला मैदानमा जारी प्रतियोगितामा प्रभात माविमा अध्ययनरत सिता विकले १०० मिटर दौड र लङ्जम्पमा प्रथम भएकी छन्् भने ८०० मिटर दौडमा अनिल कामी प्रथम स्थान हासिल गरेको खेलकुद सचिवालय संयोजक सुरेन्द्र दाहालले बताए ।

यस्तै छात्र तर्फको शटफुटमा अमित सिंह, छात्र तर्फको १०० मिटर दौडमा मनोज वि.क र ८०० दौडमा पूर्णिमा परियारले द्धितिय स्थान हासिल गरेका छन् भने छात्र तर्फका लङ्जम्पमा रोहित थारु द्धितिय र छात्रातर्फको लङ्जम्पमा बविता वि.कले तृतिय स्थान हासिल गरेको खेलकुद सचिवालय संयोजक दाहालले बताए ।

यस्तै जनता आर्दश माविले शटपुटमा छात्रा भुमिका सलामी र छात्र गोपाल सार्की दुवैले प्रथम स्थान हासिल गरेका छन् भने छात्र तर्फको ८०० मिटरको दौडमा नविन थापाले द्धितिय स्थान हासिल गरेका छन् भने छात्रा तर्फको १५०० मिटर दौडमा विनिता बस्नेत र ८०० मिटर दौडमा कमला खड्काले तृतिय स्थान हासिल गरेको खेलकुद सचिवालय संयोजक दाहालले बताए ।

यस्तै सूर्योदय माविले छात्र तर्फको १०० मिटर दौडमा पुरन थापा र ८०० मिर दौडमा आरती तिरुवा प्रथम भएका छन् भने छात्रा तर्फको शटफुटमा अस्मीता महत्तरा द्धितिय र बाल कृष्ण बुढाले ८०० मिर दौडमा तृतिय स्थान हासिल गरेका छन् ।

यस्तै नेरामावि ओरीलालपुरका भिम बहादुर शाहीले १५०० मिटर दौडमा छात्रतर्फको प्रथम भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु भएको प्रतियोगिता ६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपडी र मार्सलआर्ट (तेक्वन्दो, उस्सु र कराँते) का चार इभेन्ट समावेश गरिएको छ । यो वर्षदेखि मार्सलआर्ट विधा थप भएको छ । प्रतियोगिता भोलि समापन हुनेछ ।