२३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान

कोहलपुर ।

२३ औं सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

आज ‘रक्तदान जिवन दान’ भन्ने मुल नाराका साथ सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ता बाँकेमा नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्तसंचार केन्द्र बाँकेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।

शिक्षालयका सह–समादेशक सशस्रर प्रहरी, उपरीक्षक संजय भट्टराईका अनुसार शिक्षालयमा कार्यरत कर्मचारीहरुले एक सय पिन्ट रक्तदान संकलन गरेको बताए ।

जनधनको रक्षासहित जिवनरक्षामा समेत रक्तदानमो अग्रणी भुमिका सशस्त्र प्रहरी बलले खेलिरहेको शिक्षालयले बार्षिक २ पटक आफ्ना कर्मचारीहरुबाट रक्तदान गराउँदै आइरहेको छ भने अन्य आपतकालिन, अवस्थामा समेत रक्तदान गराउदै आईरहेको शिक्षालयका सह–समादेशक सशस्रर प्रहरी, उपरीक्षक भट्टराईले बताए ।

उक्त रक्तदान कार्यक्रममा शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रविण कडेल तथा नेपाल रेडक्रस जिल्ला शाखाका रक्तसंचार प्राविधिक राजेन्द्र कुमार महतराले रक्तदानको महत्वबारे जानकारी दिएका थिए ।