प्रथम बैजनाथ महोत्सवमा आउने कलाकारको नाम सार्वजनिक

बाँके ।

प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक, औधोगिक लघु घरेलु तथा प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवमा आउने कलाकारहरुको नाम सार्वजनिक भएको छ ।

महोत्सव तथा व्यापार मेला २०८० मा सबै विधाका चर्चित कलाकारहरुको प्रस्तुति रहने गरि आयोजकले ६० जना भन्दा बढी कलाकारहरुको नाम सार्वजनिक गरेको हो ।  यही माघ १० गतेदेखि २१ गतेसम्म महोत्सवको सन्चालनमा हुने भएको छ ।

सांस्कृतिक कार्यक्रममा हरेक दिन लोक दोहोरी र आधुनिक विधाका गायक–गायिका तथा नृत्य र हास्य विधाका नाम चलेका कलाकारले आफ्नो प्रस्तुतिमार्फत प्रदर्शन गर्न पाउने आयोजकले जानकारी दिएको छ ।

“मेहनत सृजना उत्पादन र वस्तु मेरो नेपालको´ भन्ने मुल नाराका साथ सञ्चालन हुने मेलामा २ सय ५० भन्दा बढी स्टल रहेका छन् । मेलास्थलमा थारू गाउँ, बाल उत्थान, विभिन्न जाति, धर्म, संस्कृति र परम्परा झल्कने आकर्षण रहेको छ । उक्त मेला माघ २१ गतेसम्म चल्ने छ ।