बोरामा भेटिएको दुई शवको सनाखत

काठमाडौँ।

चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो ।

मृतकहरूको पहिचान खुलेको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख किरण बज्राचार्यले बताएकी छन्। मृतक दुवै जना भारतीय हुन् । चितवनभन्दा बाहिर हत्यापछि भरतपुरमा ल्याएर शव फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको छ ।

हत्यामा संलग्न आरोपीबारे केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गरिरहेको छ ।