कोहलपुर -१२ निवासी भरत पनेरूले ज्ञानोदय पुस्तकालय लाई पुस्तक हस्तान्तरण

भगवती पोख्रेल, कोहलपुर ।

कोहलपुर -१२ निवासी भरत पनेरुद्वारा ज्ञानोदय सामुदायिक पुस्तकालय लाई पुस्तक सहयोग गरि हस्तान्तरण गरेका छन । सामाजिक अभियाननता, शिक्षाप्रेमी एवम् कुशल राजनीतिज्ञ तथा साहित्यप्रति चासो राख्ने कुशल व्यापारी भरत पनेरुले पुस्तकालय लाई पुस्तक हस्तान्तरण गरेका हुन ।


उनले स्नातक तथा स्नातकोत्तर तह विभिन्न पुस्तक र अक्सफोर्ड डिक्सनरी जस्ता हजारौं मुल्यपर्ने पुस्तक हस्तान्तरण गरेका हुन । ज्ञानोदय सामुदायिक पुस्तकालय सामुदायिक पुस्तकालयमा आएर सबैले सहजै सबैले अध्ययन गर्न पाउने, कोहलपुरमा राम्रो विएस्सी पढाई हुने कलेज लाई आफ्नो पुस्तकले पुस्तकालयमा आकर्षण गर्ने भन्दै विभिन्न पुस्तकहरु सहयोग गरेको उनले वताए । पुस्तकालय सबै साझा भएकोले यो अभियानमा सबैले साथ दिन सबै पुस्तकालयकर्मीहरु लाई उनले अनुरोध गरे ।


ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराई तथा सचिव एकराज शर्मा लाई आफ्नो घरमा बोलाई पुस्तक हस्तान्तरण गरेको पुस्तकालयका सचिव एकराज शर्माले जानकारी दिए । उनले भरत पनेरु सामाजिक अभियनता मात्र होइन शिक्षा जगतका धरोहर भएकोले पुस्तकप्रतिको चासो भएको वताए । उनले यस अभियानमा साथ सहयोग गर्न सहयोगीमनहरुमा अपिल गरे । पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले पनेरु लाई विशेष धन्यवाद दिए । उनले पुस्तकालयमा पुस्तक सहयोग गर्ने सहयोगीदाता लाई सम्मान गर्दै आएको वताए । पनेरुले य अघि महाविर पुनले लेखेको पुस्तक समेत सहयोग गरेका थिए ।