Kohalpur Today Header Ads

उद्योग वाणिज्य संघ कोहलपुरको साधारण सभामा कालो झण्डा देखाउने




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको उद्योग वाणिज्य संघको १०औं साधारण सभामा कालो झण्डा देखाउने कार्यक्रम राखेको व्यापारीहरुले बताएका छन् ।

आज हुन लागेको उवासंघको साधारण सभामा केन्द्रिय अध्यक्ष सहित पाँच सदस्यीय टोलि समेत आउन लागेको छ उहाँहरुलाई कालो झण्डा देखाउने र कालो मोसो समेत दल्ने कार्यक्रम रहेको व्यापारीहरुले बताएका छन् ।

LIfe Ok

कोहलपुर टुडेसंग कुराकानी गर्दै व्यापारीहरुको हकहितमा नबोल्ने संस्थामा नविकरण नगर्ने र केन्द्रिय अध्यक्ष सहितको टोलिलाई कालो झण्डा देखाउने व्यवसायीहरुले बताएका छन् ।

 कालोझण्डा देखाउने मात्र होइन,  कालो मोसो दल्ने समेत हाम्रो तयारी  भइरहेकाे व्यवसायीले भने ।

वि.स. २०७७ सालमा उद्योग बाणिज्य संघमा ३५ सय सदस्य रहेको र अहिले कुल २० प्रतिशतले मात्र नविकरण गरेको  बताए । ‘अब उवासंघ हामीलाई चाहिदैन,’ उनले भने, जुन व्यवसायीको हकहितमा बोल्दैन उसकै सदस्यता किन बन्ने ? भन्दै आक्रोस समेत पोखे ।

उवासंघ कोहलपुरका महासचिव मातृका सापकोटासंग कुराकानी गर्दै नविकरण कति गरेको भन्ने विषयमा भने अनविज्ञ भएको बताए । व्यवपारीहरुको कालो झण्डा देखाउने र कालोमोसो समेत दल्ने कार्यक्रम राखेको भन्ने विषयलाई बुझ्दा सापकोटाले त्यसको व्यवस्थापन गरिरहेका छौंं त्यसो हुँदैन उनले भने ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस २० गते शुक्रबार