कोहलपुर साना किसान सहकारीले मनायो बार्षिकोउत्सव (फोटो फिचर)

महिलाहरुले सञ्चालन गरेको सहकारीबाट ७७ बढि लाख नाफा

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा महिलाहरूले सञ्चालन गरेको कोहलपुर साना किसान कृषि सहकारी संस्थाले करिब ७७ लाख ४ हजार ८८ रूपैयाँ नाफामा गरेको छ ।
‘सहकारीको दिगोपन स्वनियम र सुशासन’ भन्ने मुल नाराका साथ महिलाहरुले मात्र सञ्चालन गरेको सहकारीले सोमबार १३औं साधारणसभाबाट आफ्नो करिब ७७ लाख ४ हजार ८८ रूपैयाँ नाफामा गरेको सहकारीका अध्यक्ष जानकी पुन बताइन् ।

बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमका सभापति तथा सहकारी संस्थाका अध्यक्ष जानकी पुनले आगामी वर्षका योजना तथा रणनिति तयार गरी गत आर्थिक वर्षमा करिब ७७ लाख ४ हजार ८८ रूपैयाँ सहकरीले नाफा गरेको बताइन् ।

उनका अनुसार कर्णाली विकास बैंक, राष्ट्रिय सहकारी बैक, साना किसान बैंक र जिल्ला सहकारी संघमा कुल ७७ लाख ४ हजार ८८ रूपैयाँ नाफा रहेको प्रतिवेदनमा उल्लेख छ ।

साना किसान कृषि सहकारी संस्था महादेवपुरीले २०६६ साल बैशाख देखि साना किसान अनुशरण कार्यबाट कोहलपुरमा सुरुवात भएको हो । करिब १ हजार १ सय ६६ जना शेयर सदस्य रहेको सहकारीका २ सय ८ समूहहरु रहेका छन् ।

सहकारीका अध्यक्ष पुनले आर्थिक वर्ष २०७९/०८० मा गरेका कामको प्रगति विवरण समेत सार्वजनिक गरेकी थिइन् । जसमा पशु व्यवस्थापन तथा उपचार सम्बन्धी दुई दिने तालिम (३९ जना), अन्तर समूह वित्तिय साक्षरता तालिम (८ सय ४० जना), नेतृत्व विकास तालिम (११ जना), संस्थाको भवन निर्माण, वित्तिय साक्षरता तथा पोष्ट हार्भेष्ट तालिम(१ सय १८ जना), बैंकको अनुदान संस्थाको लगानी र स्वयम् सदस्यहरुको लगानी बोयर बोका वितरण, गैर सदस्य वित्तिय साक्षरता तालिम (३९ जना) लगायत अन्य ९ वटा बुँदागत रुपमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

आ.व. २०८० असार मसान्तसम्म कुल १३ करोड ७० लाख २५ हजार ३ सय ७० रुपैया कारोबार गरेको लेखा प्रतिवेदन लेखा संयोजक केश कुमारी वलीले बताइन् । यस्तै भवन निर्माण समितिका संयोजक विष्णु कुमारी सिंह ठकुरीले ८३ लाख ८० हजार ५ सय ३५ रुपैयामा दुई तले भवन निर्माण भएको बताइन् ।

भवन निर्माण समितिको प्रतिवेदन प्रस्तुत गर्दै भवनमा लागेका सिमेन्ट, सरिया, बालुवा, गिट्टी, झ्याल, फलाम लगायत अन्य सामाग्रीहरुको परिमाण र मुल्यको सम्पूर्ण विवरण प्रतिवेदनमा उल्लेख छ ।


सहकारीको आफ्नै भवन बनाउन सबैको महत्वपूर्ण भूमिका खेल्नुभएकोमा शेयर सदस्यहरुलाई संयोजक ठकुरीले बधाई दिएकी थिइन् । समितिले आफ्नो भवन बनाउँदा काँही कतै पनि १ रुपैया तलमाथि नगरी आफ्नै घरसम्झेर बनाएको उनको जिकिर गरिन् ।

यस्तै कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारीले सहकारीहरु प्रादर्शिकता र प्रभावकारी बनेर काम गर्नुपर्नेमा जोड दिइन् । यस्तै बार्षिकोउत्सवका प्रमुख अतिथि तथा नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम बहादुर पाठक नयाँ भवनको उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै महिलाहरुले सञ्चालन गरेको सहकारीको निकै प्रशंसनिय योग्य काम गरेको भन्दै आफ्नो संघको तर्फबाट फिर्निचर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पाठकका अनुसार शेयर सदस्यहरुले सहकारीको शेयर सदस्य बन्नु अघि धेरै विषयहरु जानकार हुन आवश्यक हुन्छ । सहकारीले कुन कुन क्षेत्रमा काम गरिरहेको छ ? कसरी काम गरिरहेको छ ? सञ्चालक र समिति कस्तो ? अथवा सामाजिक र आर्थिक रुपमा कसरी काम गरिरहेको छ ? जस्ता यावत विषयहरुलाई गहन अध्ययन गरी सहकारीको शेयर सदस्य बन्नुपर्छ संघका अध्यक्ष पाठकले भने । सहकारीले तरकारी कर्जा, पशु विमा, व्यक्तिगत विमा लागू गर्नुपर्ने पाठकले अनुरोध गरे ।

साधारण सभामा सम्मानित हुनेलाई प्रमाण पत्र सहित करुवा, भाडाकुडा, पाइप लगायत अन्य दैनिक उपभोग्य सामाग्रीहरु समेत प्रदान गरिएको थियो ।

साधारण सभामा २ दर्जनभन्दा बढि शेयर सदस्य सम्मानित

कोहलपुर साना किसान सहकारी संस्थाले आफ्नो बार्षिकोत्सवमा २ दर्जनभन्दा बढि शेयर सदस्यलाई सम्मान गरेको छ । सहकारीले शेयर समूह, समूह बचत, बाल बचत, बाख्रा पालन व्यवसायीक, गाई पालक, उत्कृष्ट व्यवसाय सञ्चालक, उद्योग सञ्चालक, उत्कृष्ट अन्तर समूह, तरकारी खेती, कुखुरा पालक व्यवसायी र फ्रेस हाउस व्यवसायीलाई सम्मान गरिएको थियो ।

यस्तै सधारणसभामा किसान विकास लघुवित्त वित्तिय संस्था लिका शाखा प्रबन्धक शेर बहादुर चौधरी, जिल्ला सहकारी संघका अध्यक्ष एकता शाह, लुम्बिनी प्रदेश कृषि सहकारी संघका सञ्चालक सदस्य देव बहादुर वली, साना किसान कृषि सहकारी संस्था चिसापानीका अध्यक्ष मातली मल्ल, साना किसान कृषि सहकारी संस्था बनकटुवाका अध्यक्ष ओम कुमारी वली, साना किसान कृषि सहकारी संस्था टिटिहिरियाका अध्यक्ष देवीसरा शाही र साना किसान कृषि सहकारी संस्था खजुराका अध्यक्ष कमला ढुङ्गाना, लगायत मुख्य कार्यालयका प्रबन्धक हरिश चन्द्र केसी, बनकटुवाका प्रबन्धक निर्मला रोकाय, टिटिहिरियाका प्रबन्धक दिलमाया चौधरी, रेडियो नेपाल बाँकेका सम्बाददाता सरला सुवेदी, एभिन्यूज बाँकेका सम्बाददाता हुमरी भट्टराई, कोहलपुर टुडेका कार्यकारी सम्पादक डिल्ली शाही, कोहलपुर खबरका विवेक रेग्मी र मार्सलराज सञ्जाल लगायत शेयर सदस्यहरुको समेत उपस्थित रहेको थियो ।