समता स्कुलद्धारा निःशुल्क आँखा शिविर, १ सय ८० जना लाभान्वित

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको समता स्कुलद्धारा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । शुक्रबार समता स्कुलद्धारा आयोजना र कौसिल्या अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा १ सय ८० जना लाभान्वित भएका हुन् ।

यस्तै कौसिल्या अस्पतालका सञ्चालक शंकर न्यौपानेले पछिल्लो समय सामाजिक संजालको व्यापक प्रयोगले बालकालिका तथा अभिभावकहरुका नेत्र ज्योतिमा कमि आइरहेको बताउदै उक्त नेत्र ज्योतिलाई बचाइ राख्न अस्पतालले बाँकेका सबै विद्यालयहरुमा निशुल्क आँखा शिविर सञ्चालन गरिरहेको बताए ।

यहाँ गरिएको निशुल्क आँखा चेकजाँचमा प्रयोग गरिएको अस्पतालको प्रचा लिएर अस्पतालमा जुनसुकै चेकजाँच निशुल्क रुपमा गरिने न्यौपानेले बताएका छन।कार्यक्रममा विद्यालय विकास समितिका सदस्य दिपराज जैसीले अस्पतालले गरेको सहयोगमा धन्यवाद व्यक्त गरे ।

उनले विद्यालयले न्यूनतम शुल्कमा अध्यापन गराउदै आइरहेको बताउदै यस्ता क्रियाकलापले विद्याललय प्रशासन ,अभिभावक र विद्यार्थी विचको सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा समता स्कुलका कार्यकारी निर्देशक रबि रोकायाले बालबालिकाहरुमा बढ्दै गइरहेको सामाजिक संजालको मोह न्यूनिकरण गर्नाका निम्ति विद्यालयले छिटै सामाजिक संचालन प्रयोगका फाइदा र बेफाइदा बारे विद्यार्थीहरुलाई जानकारी गराईने बताए ।

उनले अस्पतालका संचालक सम्पूर्ण परिवारलाई विद्यालयको आग्रहलाई स्विकार गरेर विद्यालयमा निशुल्क आँखा शिविर संचालन गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप अस्पतालसँग सहकार्य र समन्वयको अपेक्षा समेत राखिएको बताए ।

निशुल्क आँखा शिविर कार्यक्रममा विद्यार्थी तथा अभिभावक गरी कुल १ सय ८० जनाले प्रत्यक्ष लाभ लिइएका छन । निशुल्क आँखा शिविरमा आँखा विषय विज्ञ डाक्टर निरज काफ्ले, स्टार्फ नर्स अमृता आचार्य, पुष्पा रेग्मीलेले सहजीकरण गरेका थिए ।२०७३ सालमा स्थापना गरिएको समता स्कुलले सबै कक्षाहरुमा न्यूनतम तथा एउटै शुल्कमा अध्यापन गराउदै आइरहेको छ ।