गायक रामजी खाँड र टंक तिमिल्सेनाले तताए महोत्सव

नेपालगन्ज ।

चर्चित गायक रामजी खाँड र टंक तिमिल्सेनाले छैठौं नेपालगन्ज महोत्सव तताएका छन् । दुबै जनाले आफ्ना चर्चित गीतहरु दर्शकमाझ पस्केका छन् । बिदाको दिन परेकाले शनिबार महोत्सवमा ठुलो संख्यामा दर्शकहरु उपस्थित भएको आयोजकले जनाएको छ ।

महोत्सवमा शनिबार बालबालिका, युवा, बृद्ध सबै उमेरका दर्शकहरु रमाएको आयोजकको भनाई छ । महोत्सवका आकर्षणहरु बालउद्यान, थारु गाउँ, फोटो सेशनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित चर्चित खेलाडी बीच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजी सर्भिस प्रालिका अध्यक्ष एवम् महोत्सवका संयोजक नन्द बुढाले बताए ।

महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउँमा थारु परिकारको स्वाद लिन सकिने उनले बताए । उक्त महोत्सव यही पुष १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा आइतबार (भोली) चर्चित कलाकार प्रिती आले, बसन्त लम्साल लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।