Kohalpur Today Header Ads

एलिना चौहानले तताईन नेपालगन्ज महोत्सव, भोली टंक तिमिल्सेना र रामजी खान आउने




नेपालगन्ज ।

चर्चित गायीका एलिना चौहान तिम्रो मायाले बाधेर राख मेरो सिरानी होस तिम्रो काख, जान नदेउ अब मलाई टाढा गितबाट सूरुवात गर्नु भएको आफ्नो प्रस्तुतीले नेपालगन्ज महोत्सव गुञ्जयमान भएको थियो । यस्तै गायीका चौहानले,यो भाग्यमा खोट छ, यो मुटुमा चोट छ को प्रस्तुतीले झनै नेपालगन्ज महोत्सवको महोल तातेको थियो ।

एकपछि एक चर्चित गाएर गायीका चौहानले जुनी भरीलाई रुवाई गयो तिमी अझै पनि मनमा छौ तिमी, धोकेबाज हौ तिमी धोके बाज हौ तिमी, ए है तिम्रै माया लाग्छ बरि लै, ए है तिम्रै याद लाग्छ बरि लै, कालो कपाल घुग्रियो, मनमा माया उर्मियो लगायतका चर्चित चर्चित गित गाएर मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

LIfe Ok

यस्तै चर्चित जादुगर बलराम सरकारले विभिन्न खाले जादु देखाएर नेपालगन्ज महोत्सवका दर्शकलाई भरपुर हसाएका थिए । महोत्सवमा चर्चित डान्सर तथा मोडल अनुस्का चौधरी, भावना चौधरीले आफ्नो प्रस्तुती प्रस्तुत गर्नु भएको थियो ।

यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्टिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहेको आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो ।

हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथै थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । कृषि प्रबद्र्धन व्यापारिक तथा रोजगार पुर्वधार भन्ने मुल नाराका साथ बिहीवारदेखि सुरु भएको छैठौ नेपालगन्ज महोत्सव २०८० पुष १७ गतेसम्म संचालन हुने छ ।

आज महोत्सवको उद्धोषण असोक रावलले गर्नुभएको थियो । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित कलाकार टंक तिमिल्सेना, रामजी खांड, आइना चौधरी, चर्चित डान्सर तथा टिकटक स्टार दिपिका जिएच, लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस ६ गते शुक्रबार