कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाका—२ लक्ष्मी माविमा साईबर अपराध सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष हरी कठायतको अध्यक्षता तथा कोहलपुर ईलाका प्रहरी कार्यलयको प्रहरी निरिक्षक प्रकाश सिंह कार्कीको प्रमुख अतिथीमा साईबर अपराध सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।

कोहलपुर सामुदायिक प्रहरी केन्द्रको आयोजना र कोहलपुर वडा नम्बर २ को सहकार्यमा कार्यक्रम भएको थियो । लक्ष्मी मावि तहमा अध्ययरत विद्यार्थीहरुलाई पछिल्लो साइबर अपराधको विषय र कानूनी बारेमा जानकारी दिएको वडा अध्यक्ष हरी कठायतले जानकारी दिए ।
यस्तै कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष राम सिंह बि.क., कोहलपुर रेडक्रसका कार्यलय प्रमुख युबराज पोखरेल, लक्ष्मी माध्यमिक विद्यालयका प्रअ जय बहादुर बिष्ट लगायत विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो भने सो कार्यक्रम रुपा बुढा मगरले सञ्चालन गरेकी थिइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्