कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिमा मेलमिलाप कर्ताहरुलाई पुर्नताजकी तालिम दिइएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा १ देखि १५ वडाका ६१ जना मेलमिलाप कर्ताहरुलाई दुई दिने तालिम दिइएको हो ।
कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरीको प्रमुख आतिथ्यतामा पुर्नताजकी तालिम आइतबार समापन गरिएको थियो ।
पहिलो दिन मेलमिलापकर्ताको अनुभव, समस्या, समस्याको सम्बोधन र सरोकारवालासंगको सम्बन्ध, मेलमिलापका ७ चरण र यसको प्रभावकारीता, मेलमिलापमा आउने मुद्धाको प्रकृति र पक्षहरुको अडान सम्बन्धी पुर्नताजकी तालिम दिइएको थियो भने दोस्रो दिन विकल्पको खोजी र मुल्य सृजना गर्ने तरिका, मेलमिलापकर्ताको सुन्ने कला, मेलमिलाप प्रक्रियाको बारेमा छलफल तथा प्रश्नोउत्तर र खुल्ला छलफल गरी पुर्नताजकी तालिम दिइएको थियो ।

पूर्नताजकी तालिममा दुर्गा केसी, चुडामणन खड्का, निमा गिरी, लोक बहादुर शाह, सञ्जु कुमारी चौधरी, कर्ण केसी लगायत प्रशिक्षक रहेका थिए ।
समापन कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख राम बहादुर हमाल, वडा अध्यक्ष, सदस्य लगायत कार्यपालिकाका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो भने द्रोण कुमार बोहराले कार्यक्रम सञ्चालन गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्