काठमाडौं ।
नेकपा एसको सचिवालय बैठक आज बस्दैछ । यसअघि मंसिर २८ र २९ का लागि तय भएको बैठक स्थगित भएको थियो ।
आज र भोलि बस्ने बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्य प्रगतिको समीक्षा गरिने नेताहरूले बताएका छन् ।
बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।
काेहलपुर टुडे । २ पुष २०८०, सोमबार ०९:४३