एन्फाका अध्यक्ष नेम्वाङद्वारा फुटबल एकेडेमीको स्थलगत अनुगमन

कोहलपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले कोहलपुर २ तेह्र विगाहमा रहेको फुटबल एकेडेमीको स्थलगत अनुगमन गरेका छन् ।

आज काठमाण्डौंबाट कोहलपुर नगरपालिकामा रहेको फुटबल एकेडेमीको अनुगमन गरी बजेटको व्यवस्थापन गर्ने उद्देश्यले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र उपाध्यक्ष दावा लामा संयुक्त रुपमा अनुगमन गरेका हुन् ।

फुटबल एकेडेमीको अनुगमन गर्दै एन्फा अध्यक्ष नेम्वाङले फुटबल एकेडेमी बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता गरे ।

सुदुरपश्चिम र कर्णालीको केन्द्र बनाएर कोहलपुरमा फुटबल एकेडेमी बनाउन आफ्नो पूर्ण रुपमा पहलकदमी गर्दै फुटबल एकेडेमीको काम अगाडी बढाउन आफ्नो पूर्ण सहमती एन्फा अध्यक्ष नेम्वाङले बताए ।

स्थलगत अनुगमनका क्रममा बोल्दै रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले फुटबल एकेडेमी बनाउन डिपिआर तयार रहेकोले बजेटको अभावका कारणले काम अगाडी बढाउन नसकेको भन्दै बजेटको व्यवस्थापन गरिदिनका लागि अनुराध गरे ।

स्थलगत अनुगमनका क्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले फुटबल एकेडेमी बनाउन १ करोड बजेटको व्यवस्थापन गर्ने बताए । खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल्ने खेलाडी कोहलपुरबाटै उत्पादन हुने विश्वास दिलाए ।

स्थलगत अनुगमनमा नेपाली काँग्रेसका जिल्ला सभापति नारायण गौडेल, कोहलपुर १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह, २ का वडा अध्यक्ष हरि कठायत, बागेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मन प्रसाद आचार्य, शंकर खड्का, कर्ण बस्नेत, जनक केसी लगायत रेसिङ्ग साहारा क्लबका पदाअधिकारीहरु सहितको टोली रहेको थियो ।