निबन्ध प्रतियोगितामा झरना शाही प्रथम

भगवती पोख्रेल, कोहलपुर

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा भएको निबन्ध प्रतियोगितामा झरना शाहि प्रथम भएकी छ्न । अनेरास्ववियु बागेश्वरी क्याम्पस कमिटीको आयोजना गरिएको उक्त प्रतियोगितामा झरना शाही प्रथम, यमुना योगि द्दितिय, दुर्गा प्रसाद चौधरी तेस्रो र कृष्ण बहादुर राईका सान्त्वना भएकी छ्न ।


उक्त कार्यक्रममा अनेरास्ववियु बांके जिल्ला फ्र्याक्सन ईन्चार्ज सुर्य बहादुर रोकाय प्रमुख अतिथी रहेको कार्यक्रममा विशिष्ट अतिथि क्याम्पस प्रमुख दान बहादुर हमाल अतिथिहरु प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति एकराज शर्मा, विभागीय प्रमुखहरु ज्ञानेन्द्र शाही, जीवन सिंह राठौर, स्व वि यु अध्यक्ष देवेन्द्र बहादुर बुढा, पुर्व स्ववियू अध्यक्ष दिनेश केसि, अखिल क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष दिपेन्द्र शाही, शिक्षकहरु मीन बहादुर के सि, नवीन किशोर रत्न लगायत प्राध्यापक र विद्यार्थीको उपस्थित रहेको थियो । अनेरास्ववियु बागेश्वरी क्याम्पस कमिटी अध्यक्ष महेन्द्र प्रकाश मल्लको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण सचिव कुमार शाहीले गरेका थिए । प्रतियोगितामा स्थान ल्याउने विद्यार्थीहरु लाई नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको थियो ।