शिवध्वज शाही, कोहलपुर ।
जाजरकोटि घृतकौशिल्य गोत्र खनाल बन्धुहरुको कुल देवता मन्दिरको प्राणप्रतिष्ठा गरेका छन । जाजरकोट जिल्ला घर भइ मस्टोकुल देवताको पुजाआजाको लागि कोहलपुर नगरपालिका वडा नं -१२ रोहिनी खोलाको सामुदायिक बनमा मन्दिर निर्माण गरि प्राण प्रतिस्ठा गरेका हुन ।

उक्त मन्दिरका अध्यक्ष तथा खनाल बन्धुका जेस्ट सदस्य पण्डित हरिहर शर्मा खनालले उक्त प्राणप्रतिस्ठाको स्वास्तिवाचन गर्दै उदघाट्न गरेका हुन । उक्त मन्दिरको लागि १६ जना परिवारका सम्पूर्ण सदस्यहरु जम्मा भएर उक्त कार्य गरेका हुन । जाजरकोटका हरिहर शर्मा खनाल, भरत खनाल, गणेश खनाल, बालकृष्ण खनाल, दिवाकर शर्मा खनाल, राजेन्द्र शर्मा खनाल, बेदरराज खनाल, देवेन्द्र प्रसाद खनाल, प्रभाकर शर्मा खनाल, दामोदर शर्मा खनाल, चक्रपाणी शर्मा खनाल, भवानी प्ररसाद शर्मा खनाल, मधु शर्मा खनाल, शिव प्रसाद शर्मा खनाल, छविराज शर्मा खनाल, कुलभषण शर्मा खनाल लगायत सम्पूर्ण खनाल वन्धु हरुका छोरा बुहारी, छोरी जुवाई, ईस्टमित्र लाई जम्मा गरि नौ जना विद्वान ब्राह्मणद्वारा स्वस्तीवाचन, सत्यनारायण, रुद्री, वास्तु, वेद पारायण, सप्तसती चन्डी पाठ गरि प्राणप्रतिस्ठा गरिएको मन्दिरका सचिव एवम् अधिवक्ता दिवाकर शर्मा खनालले जानकारी दिए ।

यसैगरी कुल मस्टमहाँकाल देवताको प्राण प्रतिस्ठा भएको जेष्ठ नागरीक महिला मकुला देवि शर्मा खनाल, सिता खनाल, देवका दासी खनाल, रमा खनाल र लक्ष्मी खनाल सहित बयोवृद्द जेष्ठ आमाहरुको समेत उपस्थित रहेको थियो । उक्त खनाल बन्धुहरुले आगामी पौष १० गते उक्त स्थानमा कुलपुजन गर्नका लागि प्राणप्रतिस्ठा गरेको देवेन्द्र खनालले वताए । उक्त मन्दिरको सम्पूर्ण व्यवस्थापन गर्न सहयोग गरेकोमा कोहलपुर -१२ निवासी पन्डित एकराज शर्मा, नन्दकुमार शर्मा आचार्य लाई विशेष धन्यवाद दिएको कोषाध्यक्ष वेदराज खनालले कोहलपुर टुडे लाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्