कोहलपुरमा १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता भव्य रुपमा सुरु




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–२ तेह्र विगाहमा ‘१४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता-२०८०’ आजबाट सुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेले १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सञ्चालन भएको हो ।

क्रिसा बाँकेका अध्यक्ष बेग प्रकाश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथिमा १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सञ्चालन भएको हो ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कार्यक्रममा बोल्दै खेलकुद हव बनाउन सबैको सहयोग गर्नुपर्ने बताए ।

‘कोहलपुरमा भखरै सम्पन्न बाँकेकै गौरव गोल्डकप सम्पन्न भएको छ,’ उनले भने, ‘जसले कोहलपुरको खेलकुदलाई थप टेवा पुगेको थियोे तर क्रिसा रनिङ्ग शिल्डले अझै विद्यार्थीहरुको समेत हौसला प्रदान गर्नेछ ।’

क्रिसा बाँकेलाई कोहलपुर नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने नगर प्रमुख आचार्यले प्रतिबद्धता व्यक्त गरे ।

क्रिसा बाँकेका अध्यक्ष बेग प्रकाश चन्दले प्रतियोगिताबाट बालबालिकाको सिर्जनात्मक कला र क्षमताको विकाससंगै क्षमतावान खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए ।

राप्तीसोनारी, बैजनाथ र कोहलपुरका २६ वटा संस्थागत विद्यालयहरु खेलकुद प्रतियोगितामा भाग भएको क्रिसा बाँकेका सचिव प्रकाश मल्लले बताए ।

क्रिसा बाँकेले ३ तह (१—५, ६—८ र ९—१२) मा खेलकुद प्रतियोगिता सञ्चालन गरेको छ । (१–५, ६–८ र ९–१२) को खेलकुद प्रतियोगितामा क्रमशः १२, १५ र १८ वर्ष मुनीका बालबालिकाले प्रतिस्पर्धा हुनेछ ।

१ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ४ ह १ सय मिटर रिले दौड, फुटसल, कुर्सी दौड, सटपट र भलिबल प्रतियोगिता सञ्चालन भएका छन् भने प्रतियोगितामा प्रति विद्यामा छात्र/छात्रा छुट्छुटै प्रतिस्पर्धा गर्ने सचिव मल्लले बताए ।

सचिव मल्लका अनुसार आज भलिबल, दौड तथा अन्य खेलहरु सञ्चालन भएको बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुले ट्रफि सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यांंलय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारी, राखेप केन्द्रिय सदस्य एलवी क्षेत्री, नेपाल प्याडमिन्टन केन्द्रिय उपाध्यक्ष गिता शाही, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी क्याम्पस प्रमुख दान बहादुर हमाल, उपप्रध्यापक एकराज शर्मा, नेशनल प्याब्सनका केन्द्रिय उप महासचिव कुसुम रानाभाट, केन्द्रिय सदस्य रामदेव न्यौपाने, श्याम कुंवर, प्रदेश प्याब्सनका प्रदेश अध्यक्ष कुवेर बस्नेत, कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह, ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्का, कोहलपुर नगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष बुद्धि थापा, नेशनल प्याब्सन लुम्बिनीका सह सचिव गोविन्द्र चौधरी, सह कोषाध्यक्ष कमल पछाई, नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोरराज मल्ल, नेकपा एमालेका कोहलपुरका अध्यक्ष नम प्रसाद शर्मा लगायत करिब ५ सय भन्द बढि विद्यार्थीहरुको उपस्थित रहेको थियो । प्रतियोगितामा २९ गतेसम्म सञ्चालन हुनेछ ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर २७ गते बुधबार