Kohalpur Today Header Ads

वेष्टर्न ईमी स्कुलमा वार्षिक खेलकुद सम्मेलन सुरु




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ५ मा रहेको वेष्टर्न ईमी स्कुलले वार्षिक खेलकुद सम्मेलन-२०८० सुरु गरेको छ ।

बुधबार वेष्टर्न ईमी स्कुलका संस्थापक कुवेर बस्नेतको अध्यक्षतामा भएको खेलकुद सम्मेलनमा नेशनल प्याब्सनका केन्द्रिय सदस्य वामदेव न्यौपानेको प्रमुख अतिथिमा वार्षिक खेलकुद सम्मेलन-२०८० सुरु भएको छ ।

LIfe Ok

कार्यक्रमका प्रमुख अतिथि वामदेव न्यौपानेले खेलकुद सञ्चालनका संयोजक मदन विकलाई बल हस्तान्तरण गर्दै वार्षिक खेलकुद सम्मेलन सुरु भएको थियो ।

वेष्टर्न ईमी स्कुलका प्रिन्सिपल उमेश श्रेष्टले रनिङ्ग शिल्डमा हुने सबै खेलकुदहरु प्रतियोगिता गराउने जानकारी दिए ।

खेलकुद सम्मेलनको पहिलो दिनमा एथ्लेटिक्सका खेल सञ्चालन भएका थिए भने अन्य खेलकुद २१ र २२ गते हुने श्रेष्टले जानकारी दिए ।

श्रेष्टका अनुसार १०० मिटर, २०० मिटर, १५ सय मिटर, लङजम्प, कवडी, ४x१०० मिटर रेले दौड, ४x२०० मिटर रेले दौड, फुटबल, टेबल टेनिस, सटफुट, म्यूजिकल चियर, ट्रिपलजम्प, जग अफ वार लगायतका खेलकुदहरु सञ्चालन रहेका छन् ।

विद्यालयका सम्पूर्ण बालबालिकाहरुको सहभागितामा खेलकुद सञ्चालन भएको प्रिन्सिपल श्रेष्टले जानकारी दिए । खेलकुद सम्मेलन २१ गतेसम्म चल्नेछ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर २० गते बुधबार