सल्यान ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सल्यानको जिल्ला समन्वय समिति गठन भएको छ । आज श्रीनगरमा भएको जिल्ला भेलाले धनसरा मल्लको संयोजकत्वमा ४५ सदस्यीस समिति गठन गरेको हो ।
अनेमसंघ (क्रान्तिकारी) जिसस सल्यानकी राधा शर्माको अध्यक्षतामा भएको जिल्ला भेलामा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीको प्रमुख अतिथि रहेका थिए ।
भेलामा बोल्दै भण्डारीले संगठनलाई चुस्तदुरुस्त बनाउन सबै क्रियाशिल भएर लाग्न आग्रह गरे । दश वर्षको जनयुद्धबाट प्राप्त व्यवस्थालाई हटाउन पश्चिमी शक्ति लागि परेकोले त्यसको प्रतिरोध गर्न जिससको मुख्य भूमिका रहेको भण्डारीले बताए ।
नेकपा माओवादी केन्द्रले ल्याएको व्यवस्थाले कै कारण राष्ट्रपति, सभामुख, प्रमुख न्यायाधीश महिला भएको जिकिर गर्दै उनले आफ्नो संगठन मजबुद बनाउन सम्पूर्ण पार्टीपंत्तिहरुलाई आग्रह गरे ।
जिल्ला भेलामा अनेमसंघ (क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष टीका बुढाथोकी र नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला संयोजक कृति बहादुर पुन (प्रकाण्ड)ले आफ्नो भनाई समेत राखेको थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्