Kohalpur Today Header Ads

सोती घटनाका पीडितहरुले फैसलाको स्वागत गर्दै निकाले र्‍यालि




शुदाम शर्मा, कर्णाली व्यूरो प्रमुख ।

रुकुम जिल्ला अदालतबाट मंगलबार बेलुका फैसलाभएपछि बुधबार उनीहरुले रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा फैसलाको स्वागत गर्दै र्‍यालि निकालेका छन् ।

बाजागाजा सहित आफन्तजन र अधिकारकर्मीहरुको साथमा रहेका पीडित परिवारले जिल्ला अदालतलाई सम्मान गर्दै ढोग गरेका छन् । यसका साथै उनीहरुले पुष्प अर्पण समेत गरेका छन् । मृतकका आफन्तहरुले फूलमाला सहित बजार परिक्रमा समेत गरेका छन् ।

LIfe Ok

‘छोरा मेर : न्याय मरेन, सकियो अब भन्नेवाद : अदालतलाई धन्यबाद, न्याय पाए आमाले : शान्ति पाए आत्मले, भाई बगाउने भेरीहरु : नबगाउनु फेरि अरु’ लगायतका नारा सहित सोती घटनाका पीडितहरुले बजार परिक्रमा गरेका थिए ।

मृतक नवराजका बुवा मुनलाल नेपालीले साढे तीन बर्षको लडाईपछि न्यायको महशुस जीत भएको बताए । फरक जिल्लामा न्यायको लडाई भईरहेको र राजनीतिक कारणले न्याय पाईदैन कि भन्ने लागेको बेला न्यायलयले न्यायको अनुभुति दिलाएको उनको भनाई छ ।

उनले जिल्ला अदालत र न्यायाधीसलाई भगवानको संज्ञा दिए । उच्च अदालत र सर्वोच्चबाट दोषिहरु उम्कन्छन की भन्ने शंका मनमा रहेको उनले उल्लेख गरे ।

त्यसैगरी घटनामा मृतक गोबिन्द शाहीको आमा भिमी कुमारी शाहीले अनिदो र भोकै रहेर पनि न्यायको लागि लडेको बताए । न्याय नपाउने चिन्तामा रहेका आफूहरुलाई अदालतले न्याय दिएको उनको भनाई छ ।

उनले जिल्ला अदालतले गरेको फैसलालाई राम्रो र हाम्रो पक्षमा भएको जनाए । अदालतको फैसलाले पीडित परिवार र सबैको मनमा शान्ती भएकोले खुशि मिलेको शाहीले बताए ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको मङ्गलबार फैसला भएपछि आज र्‍याली निकालिएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर २० गते बुधबार