यसरी मनाइयो कोहलपुुरमा अन्तर्राष्ट्रिय अपांगता दिवस (तस्बिरहरू)

कोहलपुर ।

बाँकेको कोहलपुरमा ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

सोही अवसरमा कोहलपुर नगरपालिकादेखि चौराह परिक्रम गरी पुन कोहलपुर नगरपालिकाको सभा हलमा कोण सभा गरिएको थियो ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ।

यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित सो दिवस मनाइएको छ ।