सरकारी जागिर छोडेर अभिकर्ता पेशाबाट पाएका चौलागाई एमडिआरटी बन्न सफल

मानिस हरपल खुसीको खोजीमा हुन्छन् । जीवनलाई सार्थक र सुन्दर बनाउन खुसीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुनाले नै होला यसको खोजमा जोसुकै लागिरहेका हुन्छन् । समाजमा प्रतिष्ठावान् मानिएका काम गर्दा पनि कतिपय मानिसलाई खुसीको अनुभुति हुँदैन ।

नेपालको अति नै दुर्गम जिल्ला मुगुका जुहारी लाल चौलागाईको जीवनमा पनि यस्तै भयो । चौलागाईले इन्सेकको प्रशिक्षक, नेपाली प्रहरी हुँदै युएई मा सुरक्षाकर्मी भएर काम गर्दा उनलाई केहि कुरो पनि कमि थिएन । तर उनलाई जुन सुकै काम गर्दा पनि केहि न केहि कुराको कमि भएको महशुस भइ नै रह्यो ।

हरेक मानिसका आ-आफ्नै क्षमता र योग्यता हुन्छन् । कतिपय क्षमता अन्य मानिसहरुको भन्दा भिन्न हुन्छ । जसले आफ्नो क्षमतालाई पहिचान गर्न सक्छ उसले मात्रै जीवनमा सफलता पाउन सक्छ । अभिकर्ता पेशा एकदमै कठिन पेशाका रुपमा चिनिन्छ । त्यसैले एकदमै कमले मात्रै आफुलाई स्थापित गर्न सकेका छन् । जसले अभिकर्ता पेशालाई बुझेर सदुपयोग गरेका छन् उनीहरुले कहिले पनि पछाडी फर्केर हेर्नु परेको छैन ।

नेपालको कर्णाली प्रदेश छायानाथ रारा नगरपालिका वडा नम्बर २ मुगु चैन गाउँमा २०४२ कार्तिक ७ गते जन्मिएका जुहारी लाल चौलागाईं (जय प्रकाश ) मध्यम बर्गिय परिवारमा हुर्केका चार छोरा मध्येका साइला छोरा हुन् । सानैदेखि शान्त र सरल स्वभावका चौलागाई नेतृत्वलाई भुमिका बहन गर्ने सक्ने क्षमता राख्थे । यहि स्वभावका कारण उनले कक्षा१२ को अध्यक्ष पछि माओवादी द्धन्द्धको समयमा ( इन्सेक ) नाम संस्थामा मानब अधिकार सु शासन तथा द्धन्द रुपान्तरण को प्रशिक्षक भएर १ बर्ष जति काम गरे पछि २०६३ साल फागुन मा नेपाल प्रहरी को प्रहरी जवान पदमा भर्ना भए ।

जागिर को शिलशिलामा नेपालगन्ज, दाङ, काठमान्डौमा ट्राफिक प्रहरी भएर राष्ट्र सेवकको भएर काम गरेको अनुभव बटुले । आफ्नो आर्थिक अवस्थालाई थप मजबुद बनाउने सिलसिलामा उनले २०७० साल चैतमा नेपाल प्रहरीको जागिरे जीवनबाट अवकास लिएर वैदेशिक रोजगारको बाटो जोर्न पुगे । वैदेशिक रोजगारीको शिल शिलामा युएइमा सुरक्षा क्षेत्रमा सुपरभाइजर भएर एकदमै राम्रो काम गरे । कामको शिलशिलामा उनि धेरै पटक पुरस्कृत भए ।

लगातार ४ वर्षको काम पछि उनले बल्ल तीन महिनाको छुट्टी पाए । छुट्टीका क्रममा उनि नेपाल आए । यसै क्रममा उनको आफ्नै नाता भित्रका बादु राजबंशी सँग बीमाको विषयमा कुराकानी भयो । यहीबाट बल्ल उनको जीवनमा बीमाले प्रवेश पायो । राजवंशीले चौलागाईंलाई सधै विदेशमा मात्रै बसेर हुँदै नेपालमै केहि गर्नु पर्छ नत्र विदेशबाट आए पछि नेपालमा केहि गर्न सकिदैन भने पछि उनि सोच मग्न भए ।

त्यसो भए के गर्ने त । राजवंशीले उनलाई नेपाल लाइफको अभिकर्ता बन्न सुझाव दिए । तत्कालिन समयमा जीवन बीमा व्यवसायको पहुँच एकदमै कम थियो । नेपालमा बीमा क्षेत्रमा धेरै ठुलो अवसर रहेको हुँदा आगामी दिनमा स्थापित हुन सकिने कुराले उनको मन छोयो । सधै जागिरे जीवन बिताएका चौलागाईंलाई जीवन बीमा अभिकर्ता जस्तो स्वतन्त्र पेशा मन पर्यो । नत तोकिएको समयमा ड्युटी गर्नु पर्ने न त कुनै सिमा भित्र कैद भएर बस्नु पर्ने । स्वतन्त्र पूर्वक जीवन बीमाको बारेमा बुझाउदै हिड्न पाइने । आम्दानी पनि अन्य पेशामा पनि आकर्षण त्यस पछि त के चाहियो उनले वैदेशिक रोजगारमा अव लामो समय नबस्ने निधि गरे ।

आफन्तले यो समय जीवन बीमा अभिकर्ताको लागि स्वर्णिम समय हो भनेको भरमा उनले नेपाल लाइफबाट २०७४ साल साउनमा अभिकर्ताको लाइसेन्स लिए । अभिकर्ता बनेको २२ औं दिनमा एजेन्सी म्यानेजर भए । सबै जना सँग छिटो घुलमिल हुने, सहयोगी भावनाका चौलागाईंले तीन महिनाको अवधिमा आफ्नै सेल्फ कोडबाट ५३ लाख प्रथम बीमा शुल्क भित्र्याए । नेपालगञ्ज शाखाले उनलाई सम्मान गर्यो ।

यति आकर्षक र सम्मानित पेशा हुँदा हुँदै किन विदेशमा गएर काम गर्ने । उनले नेपालमै बस्ने अठोट बनाए । तीन महिनाको विदा पछि आफ्नो रिजाइन लेटर लिएर युएई गए । आफुले पाउने सबै सेवा सुबिधा लिएर उनि नेपाल फर्किए । तीन महिनामै आफ्नो क्षमता बुझिसकेका चौलागाईले आफ्नो शीप कलालाई बीमा क्षेत्रमा प्रयोग गर्दै गए ।

नेपाल लाइफ इन्स्योरेन्स कोहलपुर शाखामा कार्यरत चौलागाईं एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर हुँदै यस बर्ष उत्कृष्ट बीमा ब्यवसाय गरि विश्वका अभिकर्ताहरुको सान मिलियन डलर राउन्ड टेबल ‘एमडिआरटी’ २०२४ का लागि योग्य भए । यस्तो उपलब्धी सम्मान न त उनले सरकारी जागिर न त वैदेशिक रोजगारीबाट पाउने थिए । उनले नेपालमै बसेर बीमाको बारेमा बुझाउदै सायौ मानिसहरुको सुरक्षाका एउटा पवित्र काम गरिरहेका छन् ।

हिजोका दिनमा पनि उनले अरुको सुरक्षाकै लागि काम गरे भने आज पनि मानिसको जीवनकै सुरक्षाका लागि काम गरिरहेका छन् । उनि भन्छन् ‘हामी पसल बन्द गर्दा घर जादा सटर लगाउनेछौ । मोटरसाइकल चढ्दा हेलमेट लगाउँछौ । गाडीमा बस्दा सिटबेल्ट बाँध्छौ । पौडी खेल्दा लाइफ ज्याकेट लगाउँछौ । साना नानी बाबुहरूको हात आफू भन्दा बायाँ साइटमा समाएर हिँड्छौ । यि सबै सम्भावित दुर्घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न अपनाइने सुरक्षाका उपायहरु हुन् ।’

उनले थपे ‘यस्तै जुत्ता लगाउनु, कपडा लगाउनु पनि सुरक्षा भित्रका उपायहरु नै हुन् । यो काम शरीरको सुरक्षाका लागि हामीले गरिरहेका हुन्छौ र जीवनमा हर समय हामी कुन न कुनै प्रकारले सुरक्षाका उपायहरु अपनाई नै रहेका हुन्छौ ।’ त्यसैगरी हामीले पनि हाम्रो र परिवारको जीवन बीमा अनिवार्य गर्नुपर्ने उनको सुझाव छ ।

उनि हरेक बीमितको घर घरमा पुगेर बीमाको बारेमा बुझाउदै आइरहेका छन् । वीमालाई सामाजिक सेवाको भावबाट हेर्दै आइरहेका चौलागाईले यसैमा आफ्नो जीवन अर्पने अठोट बनाएका छन् ।