काेहलपुर ।
नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले खड्काको नेतृत्वमा निर्वाचनका लागि केन्द्रीय परिचालन समिति गठन गरेको हो ।
कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा बहुसंख्यक स्थानीय तहमा विजयी हुने पनि बताएको छ । स्थानीय तह निर्वाचन केन्द्रित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानले कांग्रेसको विजयको आधारलाई थप व्यापक र मजबुत बनाउँदै लगेको पनि कांग्रेसले जनाएको छ ।
यस्तै प्रवक्ता प्रकाशशरण महतको नेतृत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय पनि केन्द्रीय कार्यसमिति बैठकले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्