बागेश्वरी बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण समूहद्धारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

शिवध्वज शाही, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण समूहद्धारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

एम.एड. चौथो सेमिस्टरका विद्यार्थीहरुले अभ्यास शिक्षणका क्रममा अतिरिक्त क्रियाकलाप अन्तर्गत आज वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेका हुन् ।

एम.एड. चौथो सेमिस्टरका विद्यार्थी सरस्वती बरालको अध्यक्षतामा भएको कार्यक्रममा बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि दान बहादुर हमालले गरेका थिए ।

हमालले विद्यार्थीहरुको सार्वङ्गीण विकासको लागि अतिरिक्त क्रियाकलपा अति आवश्यक रहेको भन्दै आगामी दिनहरुमा निरन्तर अतिरिक्त क्रियाकलाप गर्नुपर्ने बताएका थिए ।

एम.एड. चौथो सेमिस्टरका विद्यार्थी डोल्मा गुरुङ्गले स्वागत शुभकामना मन्तव्य राखेकी थिइन् ।

यस्तै बागेश्वरी बहुखुमी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख कृष्ण अधिकारी र बागेश्वरी बुहुमुखी क्याम्पसका स्ववियू सभापति देवेन्द्र बुढाले कार्यक्रममा मन्तव्य राखेका थिए ।

वक्तृत्वकला प्रतियोगितामा प्रख्यात लम्साल प्रथम, द्धितीयमा कमल चन्द, तृतीयमा विमला कुमारी रावत र सान्त्वनामा संगिता सुनार भएका छन् ।

कार्यक्रमका सभापति एम.एड. चौथो सेमिस्टरका विद्यार्थी सरस्वती बराल, बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दान बहादुर हमाल, नेपाली विषयका प्रध्यापक ललित प्रकाश चन्द, बागेश्वरी बुहुमुखी क्याम्पसका स्ववियू सभापति देवेन्द्र बुढाले क्रमशः प्रथम, द्धितीय, तृतीय र सान्त्वना पुरस्कार हस्तान्तरण गरेका थिए ।

यस्तै  निर्णायक मण्डलमा खाेपीराम वली, ललित प्रकाश चन्द र मीन बहादुर केसी रहेका थिए ।

यस्तै एम.एड. चौथो सेमिस्टरका विद्यार्थी इन्द्रलाल अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रमको व्यवस्थापन भगवती पोख्रेल, दिपा शाही र पशुपति गौतम गरेका थिए ।