नेपाली टेली सिरियल रङ्गको शुक्रबार देखी नियमित प्रसारण हुदै

रावन विश्वकर्मा, बर्दिया,

सप्तरङ्गी मञ्च बर्दिया द्धारा निर्माण गरिएको नेपाली टेली सिरियल “रङ्ग” शुक्रबार देखी प्रसारणमा आउने भएको छ । लामो समय देखी प्रतिक्षा गरेको टेली सिरियलको निर्माण टिमले प्रसारणको मिति तय गरे सँगै प्रतिक्षारत सिरियल पारखीहरुले “रङ्ग” टेली सिरियल नियमति हेर्न पाउने भएका छन् ।

बर्दियाली कलाकार तथा सप्तरङ्गी मञ्च बर्दियाका अध्यक्ष बिष्णु थापा सरगमको परिकल्पना, कथा लेखन तथा निर्देशनमा निर्माण भएको टेली सिरियल “रङ्ग”को मंसिर १५ गते शुक्रबार राती ८ः०० बजे सप्तरङ्गी मञ्च युटुब च्यानलबाट पहिलो भाग प्रसारणमा ल्याईने छ ।

शुक्रबार राती पहिलो भागको प्रसारण सँगै सिरियल हरेक हप्ता सोही समयमा सोही युटुब च्यानलबाट नियमित प्रसारणमा आउने निर्माण टिमले जनाएको छ ।

सामाजिक तथा पारिवारिक प्ररिबेशलाई चित्रण गर्दै सामाजिक विभेद, जातिय बिभेद्, सामाजिक सञ्चालको दुरुपयोग, जवरजस्ती हुने बिवाह, बैदेशिक रोजगारीबाट निम्तने समस्यालाई उजागर गरिने र स्थानिय कला संस्कृतिलाई समेत टेलि सिरियलमा समेटदै लैजाने परिकल्पना, कथा लेखन तथा निर्देशक बिष्णु थापा सरगमले बताउनुभयो ।

बर्दिया तथा बाँकेका परिचित तथा नयाँ कलाकारहरुकोे नेपाली कथानक टेलि सिरियल “रङ्ग” मा अभिनय रहने छ । कलाकारहरु सम्भु सुनार, अस्मिता सानु, सिता थारु, मिलन बिक, सुनिता चौधरी, सावित्री थापा, प्रेम चौधरी, होम थापा, सन्तोष घर्ती, मिना बिष्ट, मिलन घर्ती, उषा परियार लगायतको अभियन रहने छ । सिरियलको छायांकन तथा सम्पादन प्रशान्त कान्छाको रहने छ ।

सिरियल निर्माण कै लागि सप्तरङ्गी मञ्चले बर्दियाका बिभिन्न स्थानिय तहरुमा कलाकार छनोटका लागि अडिसन समेत लिएको थियो । सप्तरङ्गी मञ्चका पुरा खारिएका तथा अडिसनबाट छनोट भएका कलाकारहरुले सिरियलमा अभिनय रहने हुदा टेलि सिरियल भएको निर्माण पक्षको दाबी छ ।

“रङ्ग” सिरियल पहिलो चरणमा १ सय भाग सम्म प्रसारणमा आउने निर्माण टिमले जनाएको छ । निर्माण गरिने सप्तरङ्गी मञ्च बर्दियाका कलाकारहरुले बिगतका बर्षहरुमा बिभिन्न स्थानहरुमा साँस्कृतिक कार्यक्रम, जनचेतना मुलक सडक नाटक प्रर्दशन गर्दै आएको र आफ्नो पहिचान स्थाथिप गरिसकेको अवस्था छ ।