शिवशक्तिका बालबालिकाले च्याउ खेतीका लागि टनेल निर्माण गरे

कोहलपुर ।

कोहलपुर नगरपालिका २ मा रहेको शिवशक्ति आधारभूत विद्यालयमा बालबालिकाले च्याउ खेतीका लागि टनेल निर्माण गरेका छन् ।

कोहलपुर नगरपालिकाले निर्माण गरेको स्थानिय पाठ्यक्रम अन्तर्गत कक्षा ७ र ८ मा अध्ययनरत बालबालिकाहरुले आज च्याउ खेतीका लागि टनेल निर्माण गरेका हुन् ।

शिवशक्ति आधारभूत विद्यालयका प्रानाध्यापक बद्रि सापकोटाले बालबालिकाहरुलाई समूहगत जिम्मेवारी दिई पाठ्यभारले तोकेको सिकाई उपलब्धि हासिल गरेको बताए ।

बालबालिकाहरुलाई जिवन उपयोगी सिप प्रदान गनुपर्नेमा जोड दिने सापकोटाले च्याउ उर्मादा के के आवश्यक पर्छ ? सागसब्जी लगाउँदा के के गर्नुपर्छ ? विउविजन राख्दा ध्यान दिनुपर्ने विषयहरुलाई समेत जानकारी दिएका थिए ।