Kohalpur Today Header Ads

मैनापोखरका प्रहरी नायब निरीक्षक पवन साउद घुस सहित अख्तियारको नियन्त्रणमा




बर्दिया ।

बर्दियाको बढैयाताल गाऊँपालिका वडा नँ ६ मैनापोखर स्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत, प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय, नेपालगन्जको टोलीले सई साउदलाई रंगेहात घुस लिएको अवस्थामा पक्राउ गरेको हो

LIfe Ok

लागूऔषध प्रयोगकर्तासँग सेटिङ मिलाइदिने भन्दै उनले ३० हजार घुस मागेका थिए । उक्त घुस रकमसहित अख्तियारको टोलीले साउदलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनी माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर १२ गते मंगलबार