जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको हत्या

सुर्खेत ।

जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ । जिल्लकाे कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटकी अन्दाजी ३५ वर्षकी अमृता बुढाकाे बन्चरो प्रहारबाट हत्या गरिएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार सोही वडाका श्यामबहादुर बुढाले बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो १२ बजेतिर उक्त घटना भएको थियो । प्रहरीले बन्चरो प्रहार गर्ने बुढालाई नियन्त्रणमा लिइसकेको छ । बुढा मृतक अमृताका नाताले देवर पर्दछन् ।