ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

काठमाडौँ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका-३, बहडिलवामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । बिहीबार लु ४ त १२८० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने प्रेमकुमार कुर्मीको छोरा दुई वर्षीय रुपेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।