खजुराबाट सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ




कोहलपुर ।

बाँकेको खजुरा गाउँपालिकाबाट सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ परेका छन् । २० वर्षीया महिलाको बलात्कार गरेको आरोपमा मंगलबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

खजुरा गाउँपालिका–१, जलपोखरीका २० वर्षीय युवराज राना, २० वर्षकै समीर थापा र २२ वर्षीय प्रविण थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अर्का आरोपित बाँकेकै जानकी गाउँपालिका–२, चौधरीपुरका २० वर्षीय सन्देश थापा क्षेत्री फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

गएको कात्तिक ३० गते ती महिलालाई खजुरा–१, जलपोखरीस्थित अरहरी बारीमा लगेर उनीहरूले बलात्कार गरेको आरोप छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर ६ गते बुधबार