Kohalpur Today Header Ads

हरित नगर बनाउन कोहलपुरलाई ६ लाख ९७ हजार बढि रकम बराबरको ट्रि गार्ड सहयोग




कोहलपुर ।

कोहलपुर नगरपालिकाको अभियानलाई साथ र समर्थन गर्दै हालसम्म ६ लाख ९७ हजार बढि रकमको ट्रि गार्ड सहयोग गरेका छन् ।

कोहलपुर लगायत बाँकेमा रहेको संघसंस्था तथा बैंक वित्तिय संस्थाहरुले भाद्र २९ गतेदेखि हालसम्म ६ लाख ९७ हजार बढि रकमको ट्रि गार्ड सहयोग गरेका हुन् ।

LIfe Ok

कोहलपुर नगरपालिकाको हरित अभियानलाई ऐक्यबद्धता जनाउँदै ३८ वटा संस्थाहरुले सहयोग गरेका छन् । जसमा बैंक वित्तिय संस्था, प्याब्सन र एन प्याब्सन, उद्योगी व्यवसायी लगायत शैक्षिक संस्थाहरुले समेत अभियानलाई सहयोग गरेका छन् ।

कोहलपुर नगरपालिकाले करिब २ हजार ५ सय भन्दा बढि कोनोकार्पस ल्यान्सिफोलियस प्रजातिको विरुवा लगाएको छ । ‘बाह्रमासे हरियाली र सुन्दर देखिन्छ, त्यसको संरक्षण गर्न नगरपालिका, स्थानिय र सरोकारवाला व्यक्तित्व, संघसंस्थाहरुले समेत यस अभियानलाई सहकार्य, सहयोेगको अपेक्षा रहेको कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्यले बताए ।

‘विरुवा संरक्षण गर्न दायित्व सबैको हो,’ उनले भने, ‘यहाँ निर्वाचित जनप्रतिनिधिहरुले मात्र गरेर हुँदैन ।’ सबै व्यक्तित्वहरुकै सहयोगमा समग्र कोहलपुरको विकासमा टेवा पुग्ने उनको दावी छ ।

क्रिसा, प्याब्सन, एन प्याब्सनले ५० वटा, एनएमवी बैंक लि. कोहलपुर शाखाले २० वटा, कृषि विकास बैंकले २० वटा, सुनिल राईस मिल बैजनाथले १७ वटा, लक्ष्मी सनराईज बैैंकले १५ वटा, शाईन रेसुङ्गा डेभलोपमेन्ट बैंक कोहलपुर शाखाले १० वटा, कालिका लघुवित्ति वित्तिय संस्था लि.ले ८ वटा र अन्य संघसंस्था, उद्योगी र व्यवसायीले २ सय १८ वटा ट्रिगार्ड सहयोग गरेको कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर ५ गते मंगलबार