Kohalpur Today Header Ads

तेल माग्ने पत्रकारहरुको नाम सार्वजनिक गर्न चूनौती, छ संगठनले दिए २४ घण्टे अल्टिमेट




कोहलपुर ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी अधिकारीहरुले ‘पत्रकारहरुले तेल माग्छन् कसरी व्यवस्थापन गर्ने सकिन्छ ?’ भन्ने भिडियो सार्वजनिक भएपछि पत्रकारहरका संगठनहरुले विरोध जनाएका छन् ।

मंसिर २ गते नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीलाई इप्रका कोहलपुरले प्रशिक्षण गर्न बोलाएपछि उनी आएका थिए ।

अनौपचारीक कार्यक्रममा विभिन्न प्रहरी अधिकारीहरुले आ-आफ्नो भनाई समेत राख्छन् तर केही प्रहरी अधिकारीहरुले भने पत्रकारहरुले तेल मागेर हैरान बनाएका छन्, कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उव्जीयो ।

LIfe Ok

इप्रका कोहलपुरका डिएसपी सुन्दर तिवारीले अष्ट्रलिया र नेपाल बिचको सुरक्षा चासोका विषयमा पत्रकार महासंघका अध्यक्ष्य दामोदर भण्डारीलाई मात्र बोलाइएको बताउँछन् ।

कार्यक्रमको नाम ‘मिडिया संवाद’ राखिएको थियो तर नेपाल पत्रकार महासंघका अन्य कुनै पदाअधिकारीहरुलाई भने जानकारी दिइएको थिइन् ।

प्रहरी अधिकारीहरुको प्रति उत्तर दिँदै महासंघका अध्यक्ष दामोदर भण्डारीले ‘कोहलपुरमा त यस्तो हुदो रैछ नेपालगञ्जमा त यस्तो हुदैन’ भन्दै कोहलपुरका पत्रकारहरुको बदनाम हुने गरी अभिव्यक्ति सार्वजनिक भएपछि पत्रकारसंगठनहरुले तेल माग्ने पत्रकारहरुको नाम सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटम दिएका छन् ।

प्रहरीले नै आफ्ना कमी कमजोरी ढाकछोप गर्न पत्रकारलाई आरोप लगाएको भन्दै पत्रकारहरुका संगठनहरुले मंसिर ३ गते विज्ञप्ती जारी गरेका छन् ।

उक्त मिडिया संवादमा आफुले अनुमतिमै उक्त भिडियो कैद गरेको सहारा टिभि संबद्ध पत्रकारको दावि छ ।

यस बिषयमा आफुहरु अपमानित भएको महशुस गर्दै पत्रकारहरुका साझा संगठन समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष लोकनाथ शर्मा, प्रेस चौतारी कोहलपुर नगर कमिटी अध्यक्ष प्रमोद रिजाल, प्रेस युनियनका बाँके जिल्ला सदस्य मार्सलराज संज्याल, प्रेस सेन्टरका कोहलपुर नगर अध्यक्ष पुष्पराज हमाल, नेपाल जनजाती आदिवासि पत्रकार महासंघ बाँके जिल्ला कोषाध्यक्ष दिपक राई र क्रियाशिल पत्रकार समुह कोहलपुरका महासचिव रवि रोकायले आफु र आफनो संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्ता ब्यक्तिहरुको २४ घण्टाभित्र नाम सार्वजनिक गर्न अपिल गरेका छन् ।

उनीहरुले प्रहरी अधिकारीहरुबाट पत्रकारहरुले तेल माग्छन भन्ने शब्दले क्रियाशिल पत्रकारहरुको आत्म सम्मानमा ठेस पुगेको समेत ठहर गरेका छन । यता ईलाका प्रहरी कार्यालयले भने सामान्य अनुभव आदान प्रदानमा भएका कुराहरु सामाचारका रुपमा सार्वजनिक भएपछि आश्चर्यमा परेको बताएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले पत्रकारहरुलाई लाञ्क्षणा लाउने उद्धेश्यले यस्तो अभिब्यक्ति नआएको भन्दै अनुभव आदान प्रदानका क्रममा भएका कुराहरु आधिकारीक नभएको जिकिर गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर ४ गते सोमबार