Kohalpur Today Header Ads

लुम्बिनी प्रदेशका चार जिल्लामा सोमबार पनि सार्वजनिक विदा




लुम्बिनी प्रदेश सरकारले मंसिर ४ गते सोमबार प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिएको छ ।

प्रदेश गृहमन्त्रालयले विदा सम्वन्धि सूचना निकालेर छठ पर्वको समापनको अवसरमा प्रदेशका चार जिल्लाहरुमा सार्वजनिक विदा दिने जानकारी गराएको हो ।

मंसिर ४ गते सोमबार छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेशको नवलपरासी,रुपन्देही कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको प्रदेशको गृहमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

LIfe Ok

छठको पर्वको अवसरमा भोलि देशैभर सार्वजनिक विदा दिइएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर २ गते शनिबार