Kohalpur Today Header Ads

कोहलपुरले तोक्यो २ स्थानमा स्वदेशी सयपत्री माला किनबेच स्थल




कोहलपुर ।

तिहारका लागि अति आवश्यक सयपत्री फूलको माला विक्रीका लागि कोहलपुर नगरपालिकाले दुई स्थान तोकेको छ ।

कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यको निर्देशनमा कोहलपुर न्यूरोड र साँझा चोकमा स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको नगर प्रहरी प्रमुख विर बहादुर थापाले जानकारी दिएका छन् ।

LIfe Ok

थापाका अनुसार आज २३ वटा पसलहरुमा प्लाष्टिकका मालाहरु विक्रि वितरणमा रोक लगाइएको जानकारी दिए ।

कोहलपुर नगरपालिकामा रहेका पुष्पखेती गरिरहेका स्वदेशी फूल उत्पादकहरुले स्वयम तथा बिक्रेताले समेत विक्रि वितरण गर्न पाउनेछन् ।

‘हामीले फूल प्रयोग गर्दा नेपाली उत्पादनलाई छोडेर अरू प्रयोग गर्नु ठिक होइन कि जस्तो लाग्छ,’ उनले भने, ‘नेपाली उत्पादनलाई सबैले माया गरौँ, नेपालीको घरमा नेपाली फूल होस भन्ने हाम्रो मेयर सावको चाहना र निर्देशन अनुसार नै हामी नेपाली फूल बिक्रीका स्थान घोषणा गरेका हौँ ।’

नेपाली किसानले उत्पादन गरेको फूललाई प्रवर्द्धन गर्ने, नेपाली किसानको पसिनालाई इज्जत र सम्मान गर्नका लागि खरिद बिक्री स्थान तोक्ने काम गरिएको थापाले बताए ।

थापाका अनुसार कोहलपुरको न्यूूरोड र साँझा चोकमा भोलि २६ गतेदेखि २८ गतेसम्मस्वदेशी सयपत्री माला तथा फूल किनबेच हुने जानकारी दिए । कोहलपुर नगरपालिका भित्रका सयपत्री मालाको किनबेचको लागि स्थान आवश्यक परेमा नगरपालिकाले दिने थापाले बताए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० कात्तिक २५ गते शनिबार