कोहलपुर
कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालले सामाजिक सुरक्षा र सचेतनाका लागि निर्माण गरेको सन्देशमूलक देउसी भैलो गीतको म्युजिक भिडिओ सार्वजनिक गरेको छ।
तिहार नजिकिँदै गर्दा विषेशगरी नेपाली लोकसंस्कृति र परम्परालाई जोड्दै वर्तमान अवस्थाको परिवर्तनको विषयलाई समेटेर तयार पारिएको गीतको म्युजिक भिडिओ शुक्रबार सार्वजनिक गरिएको क्लबका अध्यक्ष रमेश वरले जानकारी दिए ।
बाँकेको कोहलपुर क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जिल्लाभित्र भइरहेका विभिन्न क्रियाकलापलाई गीतमा समेटिएको उनले बताए ।
गीतको भिडिओमा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, कोहलपुर नगरपालिकाका प्रमुख र उपप्रमुखलगायत विभिन्न सामाजिक अभियन्ता, विभिन्न राजनीतिक दलका नेताहरु, सुरक्षाकर्मी र क्लबका अन्य सदस्यको अभिनय रहेको उनले बताए ।
उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुर नगर प्रहरी तथा ईलाका प्रहरी कार्यालय कोहलपुरको समन्वय र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा गीत निर्माण भएको हो।
उक्त गीतको शब्द सिर्जना क्लबका अध्यक्ष रमेश वरले गरेका छन भने गीतमा सङ्गीत संयोजन गणेश बिक (गजल) को रहेको छ। बलु तामाङ र शान्ति सुनारको आवाज रहेको गीतको गणेश विष्टले निर्देशन गरेका हुन् । गीतको छायांकन कोहलपुरका विभिन्न ठाउँमा गरिएको हो।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्