कोहलपुर नगरपालिका वडा नं २ को रत्नराजमार्गमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न

भगवती पोख्रेल, कोहलपुर

कोहलपुर नगरपालिका वडा नं २ मा बृहत सरसफाइ कार्यक्रम सम्पन्न कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं २ कृष्ण माध्यमिक विद्यालय देखीको रत्नराजमार्गमा बृहत सरसफाइ कार्यक्रम  सम्पन्न भएको छ ।


हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर भित्रका विभिन्न  स्थानहरुमा बृहत सरसफाइ कार्यक्रम आयोजना गर्ने उद्देश्यले  ज्ञानोदय सामुदायिक पुस्तकालयको विशेष पहलमा कोहलपुर नगरपालिका नगर प्रहरी लगायत स्थानीय संघसंस्थाको समन्वयम  कार्यक्रम गरिदै आएको छ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष  हरि कठायतले  कार्यक्रम चेतनामूलक भएको र यसमा स्थानीय बासिको अहम भूमिका हुनुपर्नेमा जोड दिए । अहिले नगरे कहिले गर्ने अहिले नगरे कहिले गर्ने स्थानीय सरकार हातमा हात मिलाउन तयार रहेको जानकारी दिदै आगामी दिनमा सबैको सहभागी हुने र सरसफाइ गरिएको स्थान हरेक शनिबार स्वस्फुर्त रुपमा निरन्तर दिन रत्नराजमार्गबासिमा अनुरोध गर्दै फोहोर गर्ने लाई कार्वाही गर्ने समेत चेतावनी दिए । यो चेतनामुलक का भएकोले आम समुदायले अपन्त्व लिएर काम गर्न समेत अनुरोध गरे ।


सरसफाइ कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी वि क, नगर प्रहरी प्रमुख वीर बहादुर थापा, शिवशक्ति आधारभुत  विद्यालयका प्र अ बद्रीनाथ सापकोटा,  युवा नेता बालकुमार शर्मा, सिएम उपाध्याय, राजेन्द्र श्रेष्ठ  लगायत धेरै संघसंस्थाका प्रतिनिधि र  पत्रकारहरुको उपस्थित रहेको थियो ।


ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष  चेतकान्त भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन पुस्तकालयका सचिव एकराज शर्माले गरेका थिए ।

हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा यो कार्यक्रम भैइरहेको छ । जस अन्तरगतको यो चौथो शृङ्खलाका रूपमा कोहलपुर नगरपालिका वडा नं -२ को कौशिलानगरमा सम्पन्न गरियो । यस महान कार्यको अभियानका आयोजक संस्थाहरुः ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर, कोहलपुर नगरपालिका वडा नं -२ कार्यालय, सामुदायिक प्रहरी, कोहलपुर बांके, कोहलपुर नगर प्रहरी, लुमन्ति आवासको लागि सहयोग समूह, बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लि. कोहलपुर -२, कर्णाली देउडा संस्कृतिक समाज कोहलपुर -२ र कविराज फाउन्डेसन नेपाल कोहलपुर -२ लगायत स्थानीय बासिन्दा, बुद्धिजिवि, राजनीति दलका प्रतिनिधी एवम् पत्रकारहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ ।

यस् अघि प्रथम शृङ्खला कोहलपुर नगरपालिकाको वडा नं १२ को चपर्गौडी  बजार, दोस्रो शृङ्खला कोहलपुर नगरपालिका वडा नं ३ र ४ को मदनचोक, तेस्रो शृङ्खला कोहलपुर नगरपालिका वडा नं -१४ को हवल्दारपुरमा सम्पन्न गरिए थियो । यो चौथो शृङ्खला भएको शर्माले जानकारी दिए ।