काठमाडौं ।
कतारमा पक्राउ परेका ८ भारतीय नागरिकलाई फाँसीको सजायँ सुनाइएको छ । भारत सरकारले यसबाट स्तब्ध भएको भन्दै उनीहरुलाई जोगाउन सबै कानुनी विकल्पहरु खोजिने जनाएको छ ।
फाँसीको सजायँ सुनाइएका ८ भारतीय नागरिकहरु भारतको जल सेनाका अवकाशप्राप्त अधिकारीहरु हुन् । उनीहरु कतारमा जासुसी गरेको आरोपमा सेप्टेम्बर २०२२ मा पक्राउ परेका थिए । उनीहरुमाथि संवेदनशील सूचना इजरायललाई दिएको आरोप छ ।
भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीसँग शुरुआती जानकारी छ कि कतारको अदालतले अल दाहरा कम्पनीका ८ भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको छ । हामी फाँसी दिने फैसलाबाट सतब्ध छौं र विस्तृत फैसला कुरिरहेका छौं ।’
विज्ञप्तिमा थप लेखिएको छ, ‘हामी उनीहरुका परिवारका सदस्यहरु र कानुनी टिमसँग सम्पर्कमा छौं । हामीले यो घटनालाई सर्वोच्च प्राथमिकताका साथ हेरिरहेका छौं र यो कुरालाई कतारको प्रशासनसमक्ष राख्ने छौं ।’ भारतीय विदेश मन्त्रालयले अहिले उक्त मुद्दामा कुनै टिप्पणी गर्न नसक्ने पनि जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्