बैजनाथको रामपुरमा पूर्णिमा मेला लाग्दै




कोहलपुर ।

बैजनाथ गाउँपालिका ५ रामपुरमा ‘रामपुर पुर्णिमा मेला २०८०’ लाग्ने भएको छ । विहिबार पत्रकार सम्मेलन गर्दै परापुर्वकालदेखि स्वस्फूर्त रूपमा लाग्ने गरेको पौराणिक मेला यहि कार्तिक १० र ११ गते लाग्ने आयोजकले जनाएको छ ।

शिवालय युवा क्लबको आयोजनामा शुक्रबार (भोली) बेलुका ९ः०० बजे बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले उद्घाटन गर्ने क्लबका अध्यक्ष दिपक कार्कीले बताए । कार्कीका अनुसार कुल ६४ वटा व्यापारीक स्टल रहेको र प्रति स्टलको ५ सय देखि ५ हजार सम्म तोकिएको बताए ।

स्थानीय उत्पादनहरुको बिक्री बितरण देखि फलफुल, रेस्टुरेण्ट र कपडा राखिने अध्यक्ष कार्कीले बताए ।

बनकटवा दुग्ध उत्पादन सहकारी संस्था लि.द्वारा दुग्ध जन्य पदार्थ बिक्री गरिनेछ । नेपाल प्रहरीलाई सहयोगार्थ स्वस्फूर्त रूपमा ६०/७० जना स्थानीय युवा स्वयंसेवकहरु परिचालन गरिने मुल आयोजक समितिका संयोजक प्रेम बहादुर थापाले बताए ।

यस्तै मेला ब्यवस्थापन गर्न आर्थिक ब्यवस्थापन समिति संयोजक रेशम सुनार, क्लबका सचिव प्रेम बिष्टले पत्रकार सम्मेलन गर्दै मेलाको बारेमा जानकारी दिएका थिए ।

विगत लामो समयदेखि स्वस्फूर्त बनखेत मेलाको रूपमा लाग्दै आएको मेलालाई शिवालय युवा क्लब बैजनाथ-५ जि गाउँको शिवालय युवा क्लबको आयोजनामा राष्ट्रिय लोक तथा दोहोरी गायक गोपाल नेपाल जि.एम. लगाएत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० कात्तिक ९ गते बिहीबार