कोहलपुरमा खोरमै गएर बाघले बाख्रा मार्‍र्यो, गाउँनै त्रसित

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १३ भरैयामा बाख्राको खोरमा नै गएर १४ वटा बाख्रा मारेको छ ।

शुक्रबार राती कोहलपुर १३ का शसिराम वली र नैने रानाका १४ वटा बाख्राहरुलाई बाघले खोरमा नै आएर खाएको हो । भरैयाका किसानहरुले अहिले त्रसित छन्,।

कोहलपुर नगरपालिका वडा नं. १३ का वडा सदस्य बल बहादुर घर्तीले राती बाघले खोरैबाट तानेर केहि मारेर छोडेको छ भने केही आधा खाएको बताए । घर्तिका अनुसार ८ वटा खसी र अन्य बाख्रा रहेका छन् । अझै ४ वटा बाख्रा भेटिएको छैन ।

बर्षौदेखि दुःख गरी पालेको सम्पत्ति यसरी रातारात सखाप पार्छ तर राष्ट्रिय निकुञ्जले यसतर्फ ध्यान दिन जरुरी भएको वडा सदस्य घर्तीले बताए ।

यस्तै कोहलपुर नगरपालिका वडा नंं. १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले कृषकहरुको जिविकोपार्जनसंग जोडिएकोले केन्द र प्रदेशले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।