‘दोस्रो कोहलपुर गोल्ड कप-२०८०’ मौसम प्रतिकुलता र प्राविधिक कारणले स्थगित

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा ‘दोस्रो कोहलपुर गोल्ड कप-२०८०’ मौसम प्रतिकुलता र प्राविधिक कारणले स्थगित भएको छ ।

कोहलपुर रेसिङ्ग साहारा क्लबले प्रेस विज्ञप्ती जारी गर्दै यहि असोज २६ गतेदेखि २०८० कार्तिक ०४ गते सम्म हुने भनिएको ‘दोस्रो कोहलपुर गोल्ड कप-२०८०’ मौसम प्रतिकुलता र प्राविधिक कारणले स्थगित भएको जानकारी दिएको छ ।

कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीका अनुसार मौसम प्रतिकुलता र प्राविधिक कारणले तत्कालको लागि स्थगित भएको र एनफाको अर्को आधिकारीक पत्र प्राप्त नहुँदा सम्म गोल्ड कपका सम्पूर्ण कार्यक्रम स्थगित भएको बताए ।