कोहलपुर ।
बैजनाथ गाउँपालिकाले फोहोर व्यवस्थापन गर्न निजी कम्पनीसंग सम्झौता गरेको छ । गाउँपालिकाले १५ वर्षसम्मका लागि बैजनाथमा रहेको एच डि रिसाईकिलिङ सेन्टरसंग सम्झौता गरेको हो ।
गाउँपालिकाका अध्यक्ष प्रकाश शाहीका अनुसार गाउँपालिकाको ८ वटै वडाबाट फोहोर संकलन गरी त्यसको व्यवस्थापनको जिम्मा दिएको र सोही अनुसार काम सुरु भईसकेको बताए ।
फोहोर व्यवस्थापन गर्न विगतमा कोहलपुर लगिने गरिएको थियो तर कोहलपुरमा केही समस्या आएपछि गाउँपालिकाको अगुवाईमा नै फोहोर व्यवस्थापन गर्न जिम्मा दिइएको गाउँपालिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए ।
शाहीका अनुसार कम्पनीले ४० प्रतिशत लगानी गर्नेछ भने पालिकाले ६० प्रतिशत रकम लगानी गर्ने छ । वडाबासीहरुबाट निशुल्क रुपमा फोहोर संकलन गर्ने गाउँपालिका अध्यक्ष शाहीले बताए ।
यस्तै एच डि रिसाइकिलिङ सेन्टरका सञ्चालक नेव बहादुर चन्दले गाउँपालिकाको कुहिने र नकुहिने फोहार छुट्टाछुटै राखिदिन आग्रह गरेका छन् ।
चन्दका अनुसार सुनगाभा सामुदायिक वनसंग एच डि रिसाइकिलिङ सेन्टरले बार्षिक १ लाख दिने गरी १५ वर्षका लागि सम्झौता भईसकेको बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्