वडा कप : कोहलपुरमा ८ मा १० विधामा रोचक खेलकुद प्रतियोगिता हुँदै

कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नं. ८ मा वडा कप हुन लागेको छ । २०८० सालको महान चार्ड वडा दसैको अवसरमा हुन लागेको वडा कपमा १० विधामा खेलकुद प्रतियोगिता हुन लागेको हो ।

कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर रानाले वडा स्तरीय वडा कप असोज २६ गतेबाट सुरु हुन लागेको बताए । वडामा सबै किसिमका उमेर समूहहरुका लागि विभिन्न किसिमका खेलकुद प्रतियोगिता हुने छ ।

प्रतियोगितामा फुटबल, भलिबल, व्याटमिन्टन, १०० मिटर दौड, घैटो फुटाउने, सटफूट, कुर्सी दौड, डोरी तान्ने(मैत्रीपूर्ण), सियो धागो, स्विट रेस लगायतका रोचक प्रतियोगिता हुन लागेका छन् ।

प्रतियोगितामा स्विट रेस र १०० मिटर दौड बाहेक सबैमा खसी र प्रमाण पत्र रहेको छ भने स्विट रेस र १०० मिटर दौडमा भने नगद पुरस्कार सहित प्रमाण पत्र रहेको छ ।

सूचना हेर्नुहोस् ।