समाजवादी जागरण अभियानको बाँकेमा सम्पुर्ण तयारी पुरा

काेहलपुर

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको मेची-महाकाली जागरण अभियान २०८० बाँकेको कोहलपुर २४ गते बिहान हुने कार्यक्रम बारे सम्पुर्ण तयारी भएको जिल्ला सचीव दिपक जि एम ले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

समाजवादी जागरण अभियान २०८० समाजवादमा देशलाई बिकाश गर्न काम अनुसारको मूल्यले हो पुंजीबादी ब्यवस्था लोककल्याणकारी काम गर्नका निमित्त शान्तिपुर्ण अभियान सहित संबिधानको अधिनमा रही समृद्ध समाजवाद निर्माण गर्न समाजवादी अभियान थालनी गरीएको नेकपा एकीकृत समाजवादी सचीव हरि पराजुलीले बताए ।

समुद्री मार्ग र रेलमार्ग नभएको कारण उद्योग स्थापना रोजगारी सिर्जना कृषि जन्यवस्तु स्वदेशी प्रयोग गरे नबिन नेपालको निर्माण गर्ने उदेश्यका साथ मेचीमहाकाली समाजवादी जागरण अभियान गरिएको उनले बताए ।

समाजवादी जागरण अभियानमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल वरिष्ठ नेता पुर्ब प्रधानमन्त्री झलनाथ खनाल महासचिव घनश्याम भुसाल लगाएत नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता विभिन्न संगठनका प्रमुख पेशागत संगठनका प्रमुख प्रतिनिधि लगाएत जनवादी कलाकार सहित समाजवादी जागरण अभियान मंगलबार दाङको कार्यक्रमलाई सम्बोधन गरेर बेलुका ६:०० बजे कोहलपुर रोहिनिखोलामा बाँके जिल्लाका नेता कार्यकर्ताहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ।

बुधबार बिहान १०:०० बजेसम्म विभिन्न संघ संगठनहरुसँग छलफल गर्न समय ब्यवस्थापन गरेको केन्द्रिय सदस्य एवं बाँके जिल्ला सह ईन्चार्ज अब्दुल हुंसैन खानले जानकारी दिए ।

साथै बिहान१०:०० बजे न्युरोड कोहलपुरमा बृहत् सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी कोहलपुर नेपालगन्ज हुँदै दिउँसो १:०० बजे खजुरा गाउँपालिका ७ सोनपुरमा कोण सभालाई अध्यक्ष नेपालले सम्बोधन गरेर बुधबार दिउँसो ३:०० बजे समाजवादी जागरण अभियानको टाेली बाँके बाट बर्दिया प्रस्थान गर्ने नेकपा एकीकृत समाजवादी बाँके अध्यक्ष ईन्द्र बहादुर थापाले जानकारी दिए।