काठमाडौँ।
हमासले शनिबार इजरायलमा गरेको आक्रमणपछि ६०० भन्दा बढी इजरायलीको मृत्यु भएको छ । एक सय नागरिकलाई बन्धक बनाएको छ ।
इजरायल सरकारले फेसबुक पोस्टमार्फत यो जानकारी दिएको हो । सरकारले दुई हजारभन्दा बढी घाइते भएको जनाएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा अहिलेसम्म ३७० जनाको ज्यान गएको छ ।
मन्त्रालयले फेसबुक पोस्टमा करिब २२ सय सर्वसाधारण घाइते भएको बताएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० असोज २१ गते आइतबार












प्रतिक्रिया दिनुहोस्