काठमाडौं ।
यो वर्षको दसैँका लागि सर्वसाधारणले नयाँ नोट यही असोज २९ गतेदेखि साट्न पाउने भएका छन् ।
अहिले वाणिज्य बैंकहरूलाई नयाँ नोट दिनका लागि पत्र काट्ने काम भइरहेको नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यले बताए ।
पहिलो चरणमा वाणिज्य बैंकहरूलाई मागानुसार राष्ट्र बैैंकले नयाँ नोट दिने गरेको छ । ती बैंकहरूले असोज २४ गतेपछि राष्ट्र बैंकबाट आफ्नो अनुकूलमा नयाँ नोट साट्न पाउनेछन् । तर, सर्वसाधारणलाई असोज २९ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गर्नुपर्ने उनले बताए ।
अब दसैँमा क्यूआरबाटै नयाँ नोट सटही गर्न पाइने : कति पाइन्छ साट्न ?
यो वर्ष पनि एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नै नयाँ नोट साट्ने व्यवस्था गरिएको शाक्यको भनाइ छ ।
पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले नै उपलब्ध गराइने शाक्यले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्