१२ बुँदे माग सहित कोहलपुरमा निजामति कर्मचारी धर्ना, सरकारी कामकाज ठप्प

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा निजामति कर्मचारीहरुले नगरपालिकाको परिसरमा धर्ना दिएका छन् ।

प्रस्तावित संघिय निजामति सेजा ऐनमा समावेश भएका १२ बुँदे मागहरुलाई तत्काल संशोधन नभएसम्म आन्दोलन जारी राख्ने भन्दै शुक्रबारदेखि धर्ना दिँदै सरकारी कामकाज ठप्प राखेका छन् ।

कोहलपुर नगरपालिकाका संघर्ष समितिका संयोजक राम बहादुर हमालले १२ बुँदे माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने र पेन डाउन सहित धर्ना कार्यक्रम जारी राख्ने बताएका छन् ।

कोहलपुर नगरपालिकामा करिब २ सय ५० जना निजामति कर्मचारीहरु रहेका छन् ।